उच्च अदालतको नजरमा सन्दीप निर्दोष !

उच्च अदालतको नजरमा सन्दीप निर्दोष !

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने जिल्ला अदालत काठमाडौंबाट बलात्कार अभियोगमा दोषी ठहरहुँदै आठ वर्ष कैद सजाय तोके पनि पीडित नाबालिग भएको अस्विकार गर्दा निकै विवाद भएको थियो। बालिग भन्दै तोकिएको सजायको लक्ष्य हिरासतबाहिरैबाट पुनरावेदनका लागि सहजिकरणका रुपमा टिप्पणी नभएका हैनन्। 

बालिग कि नबालिग त छाडौँ, उच्च अदालत पाटनले त सन्दीपले बलात्कार गरेको पनि स्विकार नगरी निर्दोष ठहर गरिदियो बुधबार। जिल्लाको फैसलाविरुद्ध उच्च अदालत गएका सन्दीपले बुधबार सफाइ पाए। 

उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दीपलाई सफाइ दियो।  

गौशाल–२६ ले   काठमाडौँको  विमानस्थल नजिकको होटलको कोठामा लगेर आफूलाई पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। त्यही जाहेरीका आधारमा लामो बहसपछि जिल्ला अदालत काठमाडौँले सन्दीपले बलात्कार गरेको तर पीडित नाबालिग नभएको भन्दै आठ वर्ष कैद सजाय तोकेको थियो।

तर उच्चको इजलासले उनले बलात्कार नगरेको ठहर गर्दै 'मुलुकी अपराध संहिता २०७४ को २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद र सोही दफाको (३) (ग) बमोजिम ३ लाख रुपैयाँ जरिवाना र २२८ बमोजिम २ लाख रुपैयाँ क्षतिपूर्ति समेत भरी पाउने गरी जिल्ला अदालत काठमाडौँबाट २०८० पुस १३ गते कसुर निर्धारण भई २०८० पुस २५ गते सजाय निर्धारण गर्ने गरी भएको फैसला मिलेको नदेखिँदा उल्टी बदर भई निज प्रतिवादी उपरको बादी नेपाल सरकारको अभियोग मागदाबी नपुगेकाले निज प्रतिवादीले आरोपित कसुरबाट सफाइ पाउने’ उल्लेख छ।

अदालतले के के आधारमा टेकेर फैसला उल्टाएको हो फैसलाको पूर्ण विवरण भने सार्वजनिक भएको छैन।

जेठ २, २०८१ बुधबार १७:२४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।