संसदमा गगनले 'निगाहाको समय चाहिँदैन' भनेपछि ओलीको जवाफ : 'के भनेको त्यो?'

संसदमा गगनले 'निगाहाको समय चाहिँदैन' भनेपछि ओलीको जवाफ : 'के भनेको त्यो?'

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा कांग्रेसलाई बोल्न नदिने बताएका छन्। उनले संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्ने र उनले बोल्न नपाए एमालेले बोल्ने दाबी गरे।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकका बोल्दै उनले अध्यक्ष ओलीले भोलिदेखि एमाले सांसदहरू बहस गर्न तयार भएर संसदमा जाने बताए। 

'हामी बहस गर्न तयार भएर जान्छौं, संसदमा भोलिदेखि हामीले बहस गर्न पाउनुपर्छ, अरु कुरा छैन', उनले भने।

कांग्रेसले कसैको इज्जत गर्न नजानेको र गालीगलोजमा उत्रिएको आरोप लगाउंदै उनले महामन्त्रीलक्षित टिप्पणी गरेका छन्। सदनमा बोल्दा कांग्रेस महामन्त्री गगनकुमार थापाले सभामुख देवराज घिमिरेलाई 'निगाहको समय चाहिँदैन' भनेकोप्रति ओलीले आक्रोश पोखेका छन्। 

'के भनेको त्यो? तपाईंले दिएको निगाहको समय चाहिँदैन। अनि सभामुखले दिएको समयमा नबोलेर घरबाटै ल्याएको समयमा बोल्ने? आफ्नो स्वेच्छातारिता हुन्छ संसद्‌मा?,' ओलीले प्रश्न गरे। 

ओलीले कांग्रेसको महामन्त्री जस्तो पद सम्हालेर बसेको मान्छेले के बोलेको भन्दै प्रश्न गरे। 

उनले भने, 'यो देश कांग्रेसको एकलौटी हो? अरू यो देशमा जन्मिनु गल्ती हो? अरूले सरकार बनाउन नपाउने? उसले प्रधानमन्त्री बाँड्दै हिँड्दा हुने हामीले मन्त्री बाँड्न नहुने?' 

जेठ २, २०८१ बुधबार १५:२९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।