भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

काठमाडौं : भुक्तानीका लागि विश्वकको अग्रणी संस्था भिजाले सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजरको रूपमा नियुक्त गरेको छ।

बंगलादेश र भियतनाममा बैंकिङ र भुक्तानीमा २७ वर्षभन्दा बढी अनुभव भएको सब्बीरले अब ढाका अफिसमा रहेको टोलीसँग तीन देशमा भिजाका लागि बजार सञ्चालनको नेतृत्व गर्नेछन्।

सब्बीर अहमदको नियुक्तिसँगै, भिजाले बंगलादेश र भुटानसँगै नेपालको बजारमा आफ्नो नेतृत्व तथा प्रतिबद्धता दोहो¥याएको छ। नेपालका लागि बढ्दो गतिमा डिजिटल भुक्तानीहरू अपनाउने क्रममा परिष्कृत भुक्तानी समाधानहरू प्रस्तुत गर्नमा भिजाले निरन्तर ध्यान केन्द्रित गरेको दाबी गरको छ।

भिजाले देशमा कन्ट्याक्टलेस भुक्तानी सुरु गर्न महत्वपूर्ण भूमिका खेलेको छ, यसले उपभोक्ताहरूलाई आफ्नो भिजा कार्ड मार्फत अनलाइन किनमेल गर्न वा त्तच् कोड स्क्यान गर्न र भिजा कार्ड मार्फत भुक्तानी गर्न सहज बनाएको छ।

भिजाले सब्बीरको बजार नेतृत्वमा दक्षिण एसियाभरि डिजिटल भुक्तानी परिदृश्यमा आफ्नो वृद्धिलाई गति दिने लक्ष्य राखेको छ। आफ्नो नियुक्तिको अवसरमा सब्बीरले उत्साहित रहेको बताए।

भिजा इन्डिया र दक्षिण एसियाका ग्रुप कन्ट्री म्यानेजर सन्दीप घोषले नेपाल, बंगलादेश र भुटानका लागि सब्बीर अहमदलाई कन्ट्री म्यानेजरको रूपमा स्वागत गर्न पाउँदा खुसी भएको बताए।

सब्बीरको आफ्नो बलियो व्यावसायिक उपलब्धिहरू, विविध बैंकिङ अनुभव र गहिरो बजार सम्बन्धले हाम्रो नेतृत्वलाई बलियो बनाउने, व्यावसायिक उद्देश्यहरू अघि बढाउने र भिजाको लागि दिगो विकासलाई प्रोत्साहन गर्ने कम्पनीको विश्वास छ।

सब्बीर नेपालमा भिजाको व्यावसायिक प्राथमिकताहरू प्रवर्धन गर्न जिम्मेवार हुनेछन्। उनी र टोलीले ग्राहक, साझेदार, नियामक र इकोसिस्टम सहभागीहरूसँग भिजाको सम्बन्ध व्यवस्थापन गर्नेछन्। उनी भारत र दक्षिण एसियाका लागि भिजा नेतृत्व टोलीको हिस्सा पनि हुनेछन्।

जेठ २, २०८१ बुधबार ०९:५७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।