कोशी र गण्डकीमा पानी पर्ने सम्भावना

कोशी र गण्डकीमा पानी पर्ने सम्भावना

काठमाडौं : आज कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी पहाडी भू-भागक एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ।

बुधबार कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली तथा तराईका भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

जेठ २, २०८१ बुधबार ०७:०७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।