कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाबाट पारित हुन सकेन ‘धन्यवाद प्रस्ताव’

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाबाट पारित हुन सकेन ‘धन्यवाद प्रस्ताव’

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ। 

आज अपरान्ह बसेको राष्ट्रिय सभा बैठकमा सहकारी रकम अपचलन गरेको विषयमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठनको माग गरेर कांग्रेसले बैठक अवरुद्ध गरेको हो। 

कांग्रेसको अवरोधका कारण राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा धन्यवाद प्रस्ताव प्रस्तुत गर्न सकेनन्।

आजै बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिन ‘धन्यवाद प्रस्ताव’ प्रस्तुत गर्ने कार्यसूची राखिएको थियो। 

तर, कांग्रेसको अवरोधका कारण उक्त प्रस्ताव बैठकमा पेस हुनै सकेन। 

राष्ट्रिय सभाको अर्को यही जेठ ३ गते बिहीबार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित भएको छ। 

जेठ १, २०८१ मंगलबार १८:५४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।