प्राविधिक धारको उच्च शिक्षामा दलित विद्यार्थीलाई छात्रवृत्ति बढाइने

प्राविधिक धारको उच्च शिक्षामा दलित विद्यार्थीलाई छात्रवृत्ति बढाइने

काठमाडौं : सरकारले प्राविधिक धारको उच्च शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न दलित लक्षित गरिब तथा जेहनदार छात्रवृत्ति कार्यक्रम  संचालन गर्ने भएको  छ। 

सरकारका तर्फबाट संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो लक्ष्य लिएको बताएका हुन्।

त्यस्तै, आगामी ५ वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा सुनिश्चितता गराइने सरकारको लक्ष्य रहेको बताइएको छ। 

विपन्न लक्षित छात्रवृत्ति १२ कक्षासम्म विस्तार गरिने पनि सरकारको लक्ष्य छ।  

जेठ १, २०८१ मंगलबार १७:१२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।