जेष्ठ नागरिकलाई घरैमा गएर स्वास्थ्य परीक्षण गरिने

जेष्ठ नागरिकलाई घरैमा गएर स्वास्थ्य परीक्षण गरिने

काठमाडौं : सरकारले जेष्ठ नागरिकलाई स्थानीय तहमार्फत घरैमा नियमित स्वास्थ्य परीक्षण गर्ने र औषधि उपलब्ध गराउने व्यवस्था मिलाउने भएको छ। 

सरकारका तर्फबाट संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो लक्ष्य लिएको बताएका हुन्।

 जेष्ठ नागरिकको हेरचाहमा परिवार र समाजको भूमिका बारेमा नीतिगत व्यवस्था गरिने मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममा बताइएको छ।

जेष्ठ नागरिकलाई सार्वजनिक सेवामा प्राथमिकता दिनुकासाथै सहुलियतको प्रबन्ध गरिने राष्ट्रपति पौडेलले बताए। 

जेठ १, २०८१ मंगलबार १७:०१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।