खेलाडीलाई जीवननिर्वाह भत्ता दिइने
काठमाडौं : सरकारले खेलाडीलाई जीवन निर्वाह भत्ता दिने नीति लिएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरका खेलकुदमा विजयी खेलाडीलाई जीवननिर्वाह भत्ताको व्यवस्था गरि मनोबल उच्च बनाइनेछ।’
सबैको लागि खेलकुदको अवधारणालाई प्राथमिकता दिइने बताउँदै राष्ट्रपति पौडेलले राष्ट्रिय स्तरका प्रतियोगिताका साथै बालबालिकाको उमेरगत खेलकुद आयोजना गर्ने बताए।
खेल क्षेत्रमा महिला सहभागिताको नीति लिएको सरकारले खेलाडीको सम्मान र वृत्ति विकासका लागि विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
जेठ १, २०८१ मंगलबार १६:५५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।