निर्माणाधीन रेल मार्गहरूलाई तीब्रताका साथ सम्पन्न गरिने

निर्माणाधीन रेल मार्गहरूलाई तीब्रताका साथ सम्पन्न गरिने

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन रेल मार्गहरूलाई तीब्रताका साथ अगाडि बढाउने बताएका छन्। 

सरकारका तर्फबाट संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

'जनकपुर-बर्दिबास रेलमार्गको बिजेलापुरा-बर्दिबास खण्ड तथा बथनाहा-विराटनगर रेल मार्गको निर्माण कार्यलाई तीब्रता दिइनेछ। पूर्व-पश्चिम रेल मार्गको विद्युतीय रेल मार्गको निर्माण सम्पन्न गरिनेछ। केरुङ्ग-काठमाण्डौं रेलमार्गको सम्भाव्यता अध्ययन कार्य शीघ्र सम्पन्न गरिनेछ। रक्सौल-काठमाण्डौं रेलमार्गको कार्यान्वयन प्रक्रिया अगाडि बढाइनेछ,' उनले भने। 

त्यस्तै, यातायात सेवा प्रमानीमा डिजिटल प्रणाली सुरू गर्ने समेत सरकारले नीति लिएको छ।  

जेठ १, २०८१ मंगलबार १६:२६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।