आगामी वर्षसम्म चार हजार पाँच सय मेगावाट विद्यु्त् केन्द्रीय प्रणालीमा जोडिने

आगामी वर्षसम्म चार हजार पाँच सय मेगावाट विद्यु्त् केन्द्रीय प्रणालीमा जोडिने

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षभित्र केन्द्रीय प्रणालीमा चार हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने नीति लिएको छ।

सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्र्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले चार हजार पाँच सय मेगावाट विद्युत् केन्द्रीय प्रणालीमा जोडिने बताए।

यस्तै सरकारले प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पुर्याइने तथा सौर्य ऊर्जाको समेत विद्युत् खरिद गरि ऊर्जा मिश्रणको अवधारणा कार्यान्वयन गर्ने नीति समेत लिएको छ।

बुढीगण्डकी जलविद्युत् आयोजना र नालसिंहघाट जलाशययुक्त आयोजनाको कार्य अगाडि बढाइने बताउँदै राष्ट्रपति पौडेलले दूधकोशी जलाशय लगायतका आयोजनाको निर्माणअघिको कार्य सम्पन्न गरिने जानकारी दिए।

उनका अनुसार कर्णाली चिसापानी जलविद्युत् आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरिनेछ।

यसका साथै अन्तरदेशीय प्रसारण लाइनको कामलाई पनि तीव्रता दिइने नीति सरकारले लिएको छ।

जेठ १, २०८१ मंगलबार १६:२२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।