आगामी वर्ष पाँच लाख सुकुम्बासीको समस्या समाधान गरिने

आगामी वर्ष पाँच लाख सुकुम्बासीको समस्या समाधान गरिने

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष पाँच लाख सुकुम्बासीको समस्या समाधान गर्ने बताएको छ।

संघीय संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा पाँच लाख भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने उल्लेख छ।

यस्तै सरकारले भूमीको प्रकृति स्वरुप र उपयोगका आधारमा तीन तहको भूउपयोग योजना तयार गरी प्रदेश र स्थानीय तहको कार्यान्वयन क्षमता बढाइने नीति लिएको छ।

साथै सरकारी निकायलाई निःशुल्क रुपमा उपलब्ध हुने निजी जग्गाको नामसारी स्थानीय तहको सिफारिसमा सम्बन्धित जिल्लाको मालपोत कार्यालयबाटै हुने व्यवस्था गरिने समेत उल्लेख गरिएको छ।

जेठ १, २०८१ मंगलबार १६:००:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।