पाँच वर्षभित्र फलफूलमा आत्मनिर्भर हुने सरकारको नीति

पाँच वर्षभित्र फलफूलमा आत्मनिर्भर हुने सरकारको नीति

काठमाडौं : सरकारले पाँच वर्षभित्र फलफूलमा आत्मनिर्भर हुने नीति लिएको छ।

सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

‘फलफूल नर्सरी र वेर्ना रोपणलाई व्यापक रुपमा विस्तार गरी पाँच वर्ष भित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाइनेछ,’ उनले भने।

पौडेलले टिस्युकल्चर प्रविधिबाट विरुवा उत्पादन गर्न अत्याधुनिक प्रयोगशाला स्थापना गर्नेसमेत बताए।

‘देशभित्रै टिस्युकल्चर प्रविधिद्वारा विरुवा उत्पादन गर्न अत्याधुनिक प्रयोगशाला स्थापना गरिनेछ,’ उनले थपे, ‘परम्परागत प्राकृतिक तथा पोषणयुक्त रैथाने खाद्यन्न बालीका खेती विस्तार गर्दै व्यवसायिकरण गरिनेछ।’

जेठ १, २०८१ मंगलबार १५:५१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।