खरिद ऐन पुनरावलोकन गर्दै खरिद प्रणालीलाई पारदर्शी बनाइने
काठमाडौं : सरकारले सार्वजनिक खरिद ऐन पुनरावलोकन गर्ने भएको छ।
सरकारका तर्फबाट संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
नीति तथा कार्यक्रममा खरिद प्रणालीलाई पारदर्शी बनाइने र सार्वजनिक निकायका खरिद इकाइहरूको संस्थागत क्षमता वृद्धि गरिने समेत उल्लेख गरिएको छ।
सार्वजनिक गरिद ऐन र नियमावलीमा यसअघि पनि पटक–पटक संशोधन भइसकेका छन्। अत्यावश्यक सामग्रीहरूको खरिदमा पनि ढिलाइ हुने भएपछि यस्तो गर्न लागिएको हो।
जेठ १, २०८१ मंगलबार १५:४१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।