जनसंख्याको ९८ प्रतिशत जनसंख्यामा विद्युत् पुगेको सरकारी दाबी

जनसंख्याको ९८ प्रतिशत जनसंख्यामा विद्युत् पुगेको सरकारी दाबी

काठमाडौं : सरकारले नेपालको कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच पुगेको दाबी गरेको छ।

सरकारका तर्फबाट संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

नीति तथा कार्यक्रममार्फत आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने सरकारको तयारी छ।

नीति तथा कार्यक्रमले लोकतन्त्रको सुदृढीकरण तथा अर्थतन्त्रको उत्थानलाई केन्द्रमा राखेको राष्ट्रपति पौडेलले बताए।

जेठ १, २०८१ मंगलबार १५:३५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।