सरकारले सहकारीलाई गाभिन प्रोत्साहन गर्ने

सरकारले सहकारीलाई गाभिन प्रोत्साहन गर्ने

काठमाडौं : सरकारले सहकारीलाई गाभिन प्रोत्साहन गर्ने भएको छ।

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसको घोषणा गरेका हुन्।

उनले भने, 'सहकारीको संस्थाको स्थापना उद्देश्य अनुरूप संचालन हुनुपर्ने व्यवस्था गरिने छ। सहकारी नीतिलाई समयानुकूल बनाइनेछ। सहकारीको सुपरिवेक्षण र नियमनको लागि नियामक निकाय स्थापना गरिनेछ। सहकारी बचत तथा कर्जा सुरक्षण कोष, सहकारी कर्जा सूचना केन्द्र, सहकारी कर्जा असुली न्यायाधिकरणमा मार्फत सहकारी क्षेत्रको बचत तथा लगानीको सुरक्षण गरिनेछ। सहकारी संस्थाहरू अनिवार्य रूपमा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा आवद्द हुनुपर्ने व्यवस्था गरिनेछ। बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिन प्रोत्साहन गरिनेछ।'  

यस्तै, सरकारले गरिब पहिचान गर्ने, उनीहरूको नि:शुल्क बीमा विद्युतीय चुलो तथा ट्युबेल लगायतका सामग्री उपलब्ध गराइने जनाएको छ।

 

जेठ १, २०८१ मंगलबार १५:३१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।