इतिहासकार ज्ञानमणि नेपालको निधन

इतिहासकार ज्ञानमणि नेपालको निधन

काठमाडौँ : मुटुको समस्याका कारण उपचारमा रहेका इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ।

उनको मनमोहन कार्डिओभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको थियो।

नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे अध्ययन गरेका उनी ९२ वर्षका थिए।

उनी १९८९ सालमा भोजपुरको दिक्तेलमा जन्मिएका हुन्। उनका इतिहाससम्बन्धी दर्जनौँ पुस्तक प्रकाशित भएका छन्। 

जेठ १, २०८१ मंगलबार १५:१०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।