आईपीएलमा आज दिल्ली र लखनउ भिड्दै, यस्तो प्लेअफ पुग्ने सम्भावना
काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन्।
खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे दिल्लीको अरुण जेट्ली क्रिकेट स्टेडियममा हुनेछ।
दिल्ली र लखनउबीच भएका हालसम्मका चार खेलमा लखनउ भारी देखिएको छ। तीन खेल लखनउ हावी हुँदा एक खेल मात्र दिल्लीले जितेको छ।
अंकतालिकामा १३ खेलमा १२ अंकसहित दिल्ली छैटौं स्थानमा छ भने १२ खेलमा १२ अंकसहित लखनउ सातौं स्थानमा छ।
दुवै टिम गणितीय रूपमा प्लेअफमा पुग्ने सम्भावना कायमै छ। तर, अन्य टिमको स्थिति हेर्दा त्यो सम्भावना पनि एकदमै क्षीण छ।
विशेष गरी दिल्लीलाई प्लेअफमा पुग्न कठिन देखिन्छ। एक खेल मात्र बाँकी भएकाले दिल्ली अधिकतम १४ अंकसम्म पुग्नसक्छ।
दुई खेल बाँकी रहेको लखनउले बाँकी दुवै खेल जिते १६ अंक पुर्याउन सक्छ। तर, लखनउ पनि अन्य खेलको नतिजा र नेट रनरेटमा भर पर्नु पर्नेछ।
जेठ १, २०८१ मंगलबार १४:०४:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।