उपेन्द्र यादवलाई सरकारबाट गलहत्याएर निकालियो : माधवकुमार नेपाल

उपेन्द्र यादवलाई सरकारबाट गलहत्याएर निकालियो : माधवकुमार नेपाल

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपेन्द्र यादवले राजीनामा नदिए गतहत्याएर निकालिएको बताएका छन्।

केन्द्रीय कमिटीको आठौं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपेन्द्र यादवको पार्टी फुटाएर उनलाई  सरकारबाट गलहत्याएर निकालिएको टिप्पणी गरेका हुन्।

‘समाजवादी मोर्चाको एउटा घटक रहेको जनता समाजवादी पार्टीलाई विभाजित गरियो,’ उनले भने, ‘उपेन्द्र यादवजीले आफैँ राजीनामा दिएको जस्तो देखिएला तर त्यस्तो होइन। गलहत्याएर निकालियो।’

आफ्नो पार्टीभित्र पनि पदको लोलुपता र भ्रष्टिकरणको प्रवृत्ति हावी भएको उल्लेख गर्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे। राजनीति जनसेवाका लागि भएको बताउँदै कम्युनिष्टहरू समाजवाद निर्माणका लागि अघि बढिरहेको उल्लेख गरे।

फरक प्रसङ्गमा उनले नीति तथा कार्यक्रम अनुसारको बजेट ल्याउन सरकारसँग आग्रह गरे।

जेठ १, २०८१ मंगलबार १२:५५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।