सहकारी ठगीमा संलग्लनलाई कारबाहीको माग गर्दै तरुण दलले प्रदर्शन गर्ने

सहकारी ठगीमा संलग्लनलाई कारबाहीको माग गर्दै तरुण दलले प्रदर्शन गर्ने

काठमाडौं : सहकारी ठगीमा संलग्नलाई कारबाही र हजारौं बचतकर्ताको रकमको सुरक्षाको माग गर्दै नेपाल तरुण दलले विरोध प्रदर्शन गर्ने भएको छ।

संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानविन समिति गठनको माग गदै आएको छ भने कांग्रेसकै भ्रातृसंस्था तरुण दलले सडकबाट दबाब बढाउने भएको हो।

बुधबार काठमाडौंको माइतीघर मण्डलामा जम्मा भएर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिए।

‘सोमबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्यो। देशभरिबाट सहकारी पीडितहरूले हारगुहार गरिरहेको अवस्था छ,’ गुरुङले भने, ‘यस्तोमा सरकार रमिते बनेर बस्न मिल्दैन। हामीले सहकारी ठगलाई कारबाही र बचतकर्ताको रकमको सुरक्षाका लागि सडक प्रदर्शनको गर्दैछौँ।’

बुधबार दिउँसो १२ बजे माइतीघर मण्डलामा जम्मा भएर बृहत् र्याैली निकालिने उनले बताए।

जेठ १, २०८१ मंगलबार ०९:२०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।