आईपीएलमा गुजरात र कोलकाताबीचको खेल रद्द

आईपीएलमा गुजरात र कोलकाताबीचको खेल रद्द

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण रद्द भएको छ।

गुजराजको नरेन्द्र मोदी स्टेडियममा हुने तय भएको खेलमा लगातारको वर्षा भएपछि टस नै हुन सकेन।

खेल रद्द भएपछि दुई टोलीले समान एक-एक अंक बाँडेका छन्।  यस नतिजापछि गुजरात भने प्रतियोगिताबाट बाहिरिएको छ।

लगातार दुई सिजन फाइनलमा पुगेको टोली यसपटक भने प्लेअफसम्म पनि पुग्न सकेन।

गुजरातको १३ खेलमा ११ अंक रहेको छ। उता कोलकता भने शीर्ष दुईमा रहेर प्लेअफ पुग्ने पक्का भएको छ।

१३ खेलमा १९ अंक भएको कोलकता शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायरमा फाइनल प्रवेशका लागि भिड्नेछ।

आईपीएलमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जाएन्ट्स भिड्ने छन्। 

दिल्लीको १३ खेलमा १२ अंक रहेको छ भने लखनउको १२ खेलमा १२ अंक रहेको छ। दुवै टोलीको प्लेअफ सम्भावना कायमै रहेको छ।

जेठ १, २०८१ मंगलबार ०७:३५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।