जसपाका दुई मन्त्रीले लिए सपथ : यादव बने स्वास्थ्यमन्त्री, खान राज्यमन्त्री
काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) बाट नियुक्त भएका दुई जना मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। सोमबार शीतल निवासमा आयोजित समारोहमा उनीहरूले सपथ लिएका हुन्।
जसपाबाट नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाएका हुन्।
त्यस्तै, जसपाकै हसिना खानले स्वास्थ्य राज्यमन्त्रीको सपथ लिएकी छन्। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सपथ खुवाएका हुन्।
जनता समाजवादी पार्टी, नेपालबाट मन्त्री बनेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन राज्यमन्त्री दीपक कार्कीले आजै राजीनामा बुझाएका थिए।
उनीहरूले राजीनामा दिएपछि जसपा नेपालबाट विभाजित पार्टीका सांसद मन्त्री बनेका हुन्। जसपाका एक जना पहिले नै मन्त्री छन्।
वैशाख ३१, २०८१ सोमबार २०:०९:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।