ऋण तिर्न दबाब दिएपछि ऋणीले आत्महत्या गरेको भन्दै प्रसाईंका समर्थकले लगाए बैंकमा ताला, प्रहरीले खोल्यो

ऋण तिर्न दबाब दिएपछि ऋणीले आत्महत्या गरेको भन्दै प्रसाईंका समर्थकले लगाए बैंकमा ताला, प्रहरीले खोल्यो

काठमाडौं : जनकपुरधामस्थित एभरेष्ट बैंकमा दुर्गा प्रसाईंका समर्थकले लगाएको ताला खोलिएको छ।

सोमबार मेडिकल व्यवसायी प्रसाईं समर्थकले निकालेको ‘नागरिक बचाउ अभियान’ र्यालीमा सहभागीहरुले बैंकको मूल गेट तालाबन्दी गरेका थिए।

केही दिनअघि बर्दियाका खुसीराम चौधरीले आत्महत्या गरेका थिए। सोही सन्दर्भमा ऋण तिर्न दबाब दिएका कारण खुशीरामले आत्महत्या गरेको भन्दै उनीहरू एभरेष्ट र ज्योति विकास बैंकमा तालाबन्दी गर्न पुगेको बताइएको छ। 

तर, प्रसाईं समर्थक समूहले बैंकको मूल गेटमा तालाबन्दी गरेको प्रहरीले केहिबेरमै खाेलेकाे धनुषा प्रहरीले जनाएकाे छ।

ऋणीलाई आत्महत्या गर्नसम्म बाध्य पारेको भन्दै प्रसाईंका समर्थकहरूको आरोप छ। उनीहरूले जनकपुर आसपाससम्म बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन जारी राखेका छन्। 

वैशाख ३१, २०८१ सोमबार १७:३१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।