जिटो नेपाल र जिटो टीनाप्स जोनसँग सिस्टर च्याप्टर सम्बन्ध स्थापना गर्दै एमओयुमा हस्ताक्षर

जिटो नेपाल र जिटो टीनाप्स जोनसँग सिस्टर च्याप्टर सम्बन्ध स्थापना गर्दै एमओयुमा हस्ताक्षर

काठमाडौं : जैन इन्टरनेशनल ट्रेड अर्गनाइजेसन (जिटो) नेपालले जिटो टीनाप्स जोन- हैदराबाद, कोइम्बटोर र विशाखापट्टनम च्याप्टर्ससँग सिस्टर च्याप्टर सम्बन्ध स्थापना गर्दै एमओयु हस्ताक्षर गरेको छ। हस्ताक्षर समारोह गत वैशाख १८ गते काठमाडौंमा जिटो नेपाल च्याप्टरका अध्यक्ष कमल कुमार बेगानीद्वारा गरिएको बताइएको छ। 

यो हस्ताक्षरमा भारतबाट टीनाप्स जोनका करिब २०० सदस्यहरूको सहभागिता रहेको थियो। यो समझदारी पत्रले दुई राष्ट्रहरूबीच विचार, ज्ञान र व्यापार अभ्यासहरूको स्वतन्त्र प्रवाहलाई सहज बनाउने बताइएको छ।  

यस सम्झौताको अतिरिक्त जिटो नेपाल र यसको युथ विङले वैशाख १५ देखि ३० गतेसम्म सगरमाथा बेस क्याम्प ट्रेडिङको आयोजना गरेको छ। यस ट्रेडिङमा भारत, नेपाल, दुबई र थाइल्याण्डका १७ देखि ७४ वर्ष उमेर समूहका १८ सदस्यहरू सहभागी भएका छन्

जिटो विश्वभरका जैन उद्योगी, व्यवसायी र पेशेवरहरूको समुदाय हो। यसमा संयुक्त राज्य अमेरिका, युरोपेली देश, अष्ट्रेलिया र भारतलगायत २८ अन्तर्राष्ट्रिय स्थानका १५,४११ सदस्यहरू आर्थिक सशक्तीकरण, ज्ञान र सेवाका उद्देश्य पूरा गर्न सक्रिय रहेको कम्पनीले जनाएको छ। 

कम्पनी ऐन, २०६३ अन्तर्गत सन् २०१७ मा स्थापना भएको जिटो नेपाल च्याप्टरले नैतिक व्यापार अभ्यास, नेटवर्किङ र सामाजिक उत्तरदायित्त्वलाई प्रवर्द्धन गर्न उद्देश्यका साथ सञ्चालन गर्दै आएको छ। यसले आफ्ना सदस्यहरू बीचको सम्पर्कलाई सहज बनाउने, ज्ञानको आदानप्रदानलाई बढावा दिने  र नेपाली जैन व्यवसायी समुदायमा सीप विकास र मार्गदर्शनको लागि अवसरहरू प्रदान गर्ने बताइएको छ। 

वैशाख ३१, २०८१ सोमबार १६:३८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।