सरकारबाट बाहिरियो जसपा नेपाल, उपप्रधानमन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए राजीनामा
काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएको छ।
सोमबार विहान उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री दीपक कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पदबाट राजीनामा बुझाएरसँगै जसपा, नेपाल सरकारबाट बाहिरिएको हो।
वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने जनाउँदै उनीहरूले राजीनामा दिएका हुन्।
पार्टी फुटेसँगै उपेन्द्र यादवको जसपा नेपाल प्रतिनिधि सभामा अब पाँच सदस्यीय भएको छ भने अशोक राईको जसपा सात सदस्यीय भएको छ।
मधेश प्रदेशमा यसअघि नै जसपा नेपाल नेतृत्वको सरकारलाई माओवादी र एमालेले समर्थन फिर्ता लिइसकेका छन्।
त्यहाँ नयाँ सरकारको गठनको प्रक्रिया सुरू भइसकेको छ।
वैशाख ३१, २०८१ सोमबार ११:५३:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।