युक्रेनसँगको युद्ध जारी रहँदा रुसी राष्ट्रपतिले हटाए रक्षा मन्त्री सर्गेई

युक्रेनसँगको युद्ध जारी रहँदा रुसी राष्ट्रपतिले हटाए रक्षा मन्त्री सर्गेई

काठमाडौं : युक्रेनसँगको युद्ध जारी रहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुलाई पदबाट हटाएका छन्।

६८ वर्षीय शोइगुले सन् २०१२ देखि रुसको रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए। अब शोइगु रुसको सुरक्षा परिषद्को प्रमुखमा नियुक्त हुनेछन्।

राष्ट्रपति भवनबाट जारी विज्ञप्तिमा सोइगुको स्थानमा उपप्रधानमन्त्री आन्द्रेई बेलोसोभले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बताइएको छ।

युक्रेनसँग चलिरहेको युद्धमा शोइगुको महत्वपूर्ण भूमिका रहेको छ।

रुसी सरकारी दस्तावेजबाट राष्ट्रपति पुटिनले सोइगुलाई सुरक्षा परिषद्को प्रमुखको महत्वपूर्ण जिम्मेवारी लिन चाहेको खुलासा भएको छ।

शोइगुलाई पुटिनको नजिक मानिन्छ र कुनै सैन्य अनुभव बिना रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

सोइगु पेशाले सिभिल इन्जिनियर हुन्। १९९० मा शोइगु आपतकालीन र विपद् राहत मन्त्रालयको प्रमुख निर्वाचित भएका थिए।

राष्ट्रपति पुटिनले भर्खरै रुसमा भएको आम निर्वाचनमा ८७ प्रतिशत मत प्राप्त गरी पाँचौं पटक पद तथा गोपनीयताको शपथ लिएका छन्।

वैशाख ३१, २०८१ सोमबार १०:३५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।