ईपीएल : म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि शीर्ष स्थानमा उक्लियो

ईपीएल : म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि शीर्ष स्थानमा उक्लियो

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्ष स्थानमा उक्लिएको छ।

आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि १-० गोल अन्तरले जित दर्ता गर्दै तालिकामा ३ अंक थपेपछि शीर्ष स्थानमा उक्लिएको हो।

युनाइटेडको मैदान वल्ड ट्राफोर्डमा पाहुना टोली आर्सनललाई जिताउन एकमात्र गोल लियान्द्रो ट्रोसार्डले गरेका थिए। काई हार्भेर्ट्जको सहयोगमा उनले गोल गरेका थिए।

जितसहित आर्सनलले ३७ खेलबाट ८६ अंक बनाएको छ। दोस्रो स्थानमा रहको म्यानचेस्टर सिटीले ३६ खेलबाट ८५ अंक बनाएको छ।

अब प्रिमियर लिगको उपाधि छिनोफानो अन्तिम खेलबाट हुने भएको छ।

सिटीले २ खेल खेल्न बाँकी रहँदा आर्सनलको एउटा खेल बाँकी छ। आर्सनलले एभर्टनसँग खेल्न बाँकी रहँदा सिटीले टोटनह्याम र वेस्टयामसँग खेल्नेछ।

वैशाख ३१, २०८१ सोमबार ०८:०६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।