एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन असार १६ देखि २० गतेसम्म हुने

काठमाडौं : एकीकृत समाजवादी पार्टीको राष्ट्रिय महाधिवेशन आगामी असार तेस्रो साता हुने भएको छ।
पार्टीको शनिबार र आइतबार बसेको १७औं स्थायी कमिटीको बैठकले महाधिवेशन आगामी असार १६ देखि २० गतेसमम्म गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
उनले भने, ‘पार्टीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ गतेदेखि २० गतेसम्म सम्पन्न हुन गइरहेको छ।’
उनका अनुसार बैठकमा महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, पार्टीको आगामी कार्यदिशालाई अभिव्यक्त गर्ने समाजवादी कार्यक्रम र विधान गरी चार विषयमा स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राखेका थिए।
वैशाख ३०, २०८१ आइतबार १८:५६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।