कैलालीमा दुई बालबालिकाको नदीमा डुबेर मृत्यु

कैलालीमा दुई बालबालिकाको नदीमा डुबेर मृत्यु

कैलाली : कैलालीको कैलारी गाउँपालिका-८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा आज दुई बालबालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कैलारी-८ लोहरपुरका सात वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउद रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरस्वती अधिकारीले जानकारी दिइन्।

उनका अनुसार बालक खड्काको घटनास्थलमै र बालिका साउँदको सेती प्रादेशिक अस्पताल मृत्यु भएकोे हो।

दुवैको शव सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

वैशाख ३०, २०८१ आइतबार १८:४६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।