रुसी भवनमा युक्रेनको मिसाइल आक्रमण, भग्नावशेषमा अझै फसे १५ जना

रुसी भवनमा युक्रेनको मिसाइल आक्रमण, भग्नावशेषमा अझै फसे १५ जना

एजेन्सी : रुसको बेलगोरोड शहरमा रहेको एउटा दश तले अपार्टमेन्ट आक्रमणपछि भत्किएको छ।

स्थानीय गभर्नरका अनुसार युक्रेनी मिसाइलले सो भवनमा प्रत्यक्ष प्रहार गरेको थियो। प्रारम्भिक रिपोर्ट अनुसार करिब १५ जना भग्नावशेषमा फसेका छन्।

भवन भत्कने डरले बाँकी भवन खाली गराइएको छ। बेलगोरोडबाट केही दूरीमा रहेको रसिया-युक्रेन सीमामा अझै पनि युद्ध जारी छ।

रुसी सेनाले खार्किभ क्षेत्रमा अगाडि बढ्ने प्रयास स्वरूप शुक्रबार आक्रमण गरेको थियो।

खार्किभका गभर्नरका अनुसार रुसी आक्रमण सुरू भएयता यहाँबाट करिब चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।

वैशाख ३०, २०८१ आइतबार १७:२७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।