‘रुसको जस्तो कानून’ बनाउन लागिएको भन्दै जर्जियामा विरोध प्रदर्शन

‘रुसको जस्तो कानून’ बनाउन लागिएको भन्दै जर्जियामा विरोध प्रदर्शन

एजेन्सी : जर्जियाको राजधानी टिबिलिसीमा सरकारी विधेयकको विरोधमा हजारौं मानिस सडकमा उत्रिएका छन्।

प्रदर्शनकारीहरूले सरकारले ल्याएको फरेन एजेन्ट विधेयकलाई ‘रूसी कानून’ भनेका छन्।

यस ऐनमार्फत सामाजिक संघसंस्था र स्वतन्त्र सञ्चार माध्यमबाट प्राप्त विदेशी चन्दालाई निशाना बनाइएको छ।

आन्दोलनमा गैरसरकारी संस्थाका कार्यकर्ता, समाजसेवी र विपक्षी दलका कार्यकर्ता सहभागी थिए।

विपक्षी दलहरूले यस विधेयकलाई ‘रूसको कानून’सँग तुलना गरेका छन्। रुसमा पनि केही समयअघि यस्तै विधेयक पेश गरिएको थियो।

सरकारले यो विधेयकमार्फत असहमतिको आवाजलाई दबाउन खोजेको विपक्षी दलहरूको आरोप छ।

अमेरिकाले यो विधेयकलाई अभिव्यक्ति स्वतन्त्रताका लागि खतरा भनेको छ।

वैशाख ३०, २०८१ आइतबार १५:३४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।