चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच छुट सम्झौता

चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं : बसुन्धरास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इष्टिच्युट प्रालि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकहरूलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

एक समारोहका बीच चिरायु अस्पतालका डाइरेक्टर संजीव राजभण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर भएको हो।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक चिरायु अस्पतालमा पेश गर्नुपर्नेछ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारजनले चिरायु अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ।

वैशाख ३०, २०८१ आइतबार १४:४३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।