साउदी लिगको उपाधि अल हिलाललाई
एजेन्सी : साउदी अरब प्रो लिगको उपाधि अल हिलालले जितेको छ। शनिबार राति भएको खेलमा अल हिलालले हाजमलाई ४–१ गोल अन्तरले पराजित गर्दै यो सिजनको उपाधि जितेको हो।
अल हिलाललको जितमा अलेक्जेन्डर मिट्रोभिकले २ गोल गर्दा सेर्गेज मिलिन्कोभिकले १ गोल थपेका थिए। हिलालले १ गोल भने उपहार पाएको थियो। हाजमा अहमद अल जुवेदले उपहार गोल दिएका हुन्। यसैगरी हाजमका फैज सेलमानीले एक गोल फर्काए।
अल हिलालका लागि मिट्रोभिकले १५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। ३४ औं मिनेटमा अल हाजमका फैल सेलमानीले गोल गर्दै बराबरी गरेका थिए।
पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा मिट्रोभिकले व्यक्तिगत दोस्रो गोल गर्दा हिलाल ३–१ ले अघि बढ्यो। पहिलो हाफकै अतिरिक्त छैटौं मिनेटमा सेर्गेज मिलिन्कोभिकले गोल गरेपछि पहिलो हाफमै हिलाल ४–१ ले अघि बढेको थियो। दोस्रो हाफमा दुवै तर्फबाट कुनै गोल नभएपछि अल हिलाल ४–१ ले जित निकाल्दै तालिकामा ३ अंक थप्न सफल भयो।
जितपछि अल हिलाल यो सिजन अपराजित रहँदै ३१ खेलबाट ८९ अंक बनाएको छ।
दोस्रो स्थानमा रहेको अल नासरको ३१ खेलबाट ७७ अंक रहेको छ। शीर्ष स्थानमा रहेको अल हिलाल १२ अंकले अघि रहेपछि ३ खेल अगावै उपाधि पक्का गरेको हो।
अल हिलालको १९ औं लिग उपाधि हो। अल हिलाल साउदी लिग सबैभन्दा बढी पटक जित्ने क्लब समेत हो। अल हिलालपछि अल इतिहाद र अल नासरले समान ९–९ पटक लिगको उपाधि जितेका छन्।
वैशाख ३०, २०८१ आइतबार ०७:३१:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।