पाकिस्तानलाई पहिलो पटक टी-२० अन्तर्राष्ट्रियमा पराजित गर्दै आयरल्यान्डले रच्यो इतिहास

पाकिस्तानलाई पहिलो पटक टी-२० अन्तर्राष्ट्रियमा पराजित गर्दै आयरल्यान्डले रच्यो इतिहास

एजेन्सी : आयरल्याण्डले पहिलो पटक पाकिस्तानलाई टी-२० अन्तर्राष्ट्रिय खेलमा पराजित गर्दै इतिहास रचेको छ।

डब्लिनमा भएको तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा १८२ रन बनाएको थियो। पाकिस्तानका लागि कप्तान बाबर आजमले ५७ रनको इनिङ खेले। इफ्तिखार अहमदले १५ बलमा अविजित ३७ रन बनाए।

आयरल्याण्डका लागि क्रेग योङले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डको सुरुवात राम्रो हुन सकेन र ४.१ ओभरमा २७ रनमा दुई विकेट गुमाएको थियो।

तर, एन्डी बालबर्नीले ५५ बलमा ७७ रन बनाएर आयरल्याण्डलाई जित नजिक पुर्या ए। बालबर्नीको विकेट खसेपछि आयरल्याण्डको स्कोर १८.४ ओभरमा ५ विकेट गुमाएर १६७ रन थियो।

आयरल्याण्डलाई जितका लागि अन्तिम ओभरमा ११ रन आवश्यक थियो। आयरल्याण्डले १ बल बाँकी रहँदा १८३ रनको लक्ष्य पूरा गरेको थियो।

सिरिजको दोस्रो खेल १२ मेमा हुनेछ।

वैशाख २९, २०८१ शनिबार ११:१४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।