एकीकृत समाजवादीको सचिवालय र स्थायी कमिटी बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय र स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : सत्तारुढ एकीकृत समाजवादी पार्टीको सचिवालय र स्थायी कमिटी बैठक आज बस्दैछ।

सचिवालय बैठक बिहान साढे १० र स्थायी कमिटी बैठक साढे ११ बजे बस्ने तय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

उनका अनुसार पार्टीको दशौं महाधिवेशन र समसामयिक राजनीतिबारे दुवै बैठकमा छलफल हुनेछ।

‘केन्द्रीय सचिवालय बैठकमा स्थायी कमिटी बैठकको सञ्चालन र एजेण्डाबारे छलफल हुनेछ,’ उनले भने, ‘स्थायी कमिटीमा आसन्न पहिलो महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान र सांगठनिक दस्तावेजमाथि छलफल हुनेछ।’

एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ। यस्तै, केन्द्रीय कमिटी बैठक वैशाख ३१ र जेठ १ गते बस्दैछ।

वैशाख २९, २०८१ शनिबार १०:०२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।