चितवनमा स्कुटरको ठक्करबाट पैदल यात्रीको मृत्यु

चितवनमा स्कुटरको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौं : चितवनको भरतपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महागनरपालिका-१८ आदर्श टोलकी ८३ वर्षीया दिलमाया अधिकारी रहेकी छन्।

भरतपुर बजारबाट आदर्श टोलतर्फ आउँदै गरेको स्कुटरले शुक्रबार राति ९ बजे अधिकारीलाई ठक्कर दिँदा उनको हात, गोडा र टाउकोमा चोट लागेको थियो।

उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा शनिबार विहान पाँच बजे उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

स्कुटर, स्कुटर चालक ३२ वर्षीया रमा नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वैशाख २९, २०८१ शनिबार ०९:५२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।