काठमाडौंसहित देशका प्रमुख सहरमा ‘ग्राण्ड एजुकेसन कन्क्लेभ’ गर्दै राइटपाथ

काठमाडौंसहित देशका प्रमुख सहरमा ‘ग्राण्ड एजुकेसन कन्क्लेभ’ गर्दै राइटपाथ

काठमाडौं : राइटपाथको आयोजनामा शनिबारदेखि जेठ ८ गतेसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ हुने भएको छ। शैक्षिक परामर्शदाता राइटपाथ कन्सल्टेन्सीले शनिबारदेखि जेठ ८ गतेससम्म ग्राण्ड एजुकेसन कन्क्लेभ २०२४ आयोजना गर्ने भएको हो।

अहिले काठमाडौंबाट सुरू हुने कन्क्लेभ देशका मुख्य शहरहरूमा पनि हुनेछ। वैशाख २९ गते काठमाडौं, ३१ गते धनकुटा, जेठ ३ गते हेटौडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ तथा ८ गते ललितपुरमा गर्ने कार्यक्रम तय भएको राइटपाथले जानकारी दिएको छ।

राइटपाथका अनुसार कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहेको छ भने फ्रि मुभी टिकेट तथा एक्साइटिङ गिफ्टह्याम्फरहरुको व्यवस्था, यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स जम्मा २०८१ रुपौयाँमै गर्ने अफर, २० भन्दा धेरै ख्यातिप्राप्त विश्व विद्यालयका प्रतिनिधिहरूलाई विद्यार्थीहरूले एकै ठाउँमा भेट्न सकिने लगायतका अफरहरू रहेको छ। 

राइटपाथका प्रमुख कार्यकारी अधिकृत फिलिप्स डिसीले विद्यार्थीहरूलाई परीक्षापछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उद्देश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको र भर्खरै प्लस टुको परीक्षा सक्किएकाले पनि धेरै विद्यार्थीहरूका लागि यो कार्यक्रम लाभदायी हुने बताए। 

२७ बैशाख, २०८१, २०:४७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।