डीआईजीद्वय जोशी र ढकाल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा

डीआईजीद्वय जोशी र ढकाल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा

काठमाडौं : सरकारले नेपाल प्रहरीका डीआईजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। 

‘गृह मन्त्रालयको प्रस्तावमा प्रहरी नायब महानिरीक्षकहरू उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने र पदस्थापना गर्ने निर्णय भएको छ,’ उनले भनिन्।

त्यस्तै, सरकारले अन्तर्राष्ट्रिय स्तरका खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गर्नेसमेत निर्णय गरेको छ।  

प्रवक्ता शर्माले भनिन्, ‘अन्तर्राष्ट्रिय स्तरको क्रिकेट कराँते तेक्वान्दो र कबड्डीमा विजय तथा पदक प्राप्त गर्ने खेलाडी प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृत दिने निर्णय गरेका छौं।’ 

२७ बैशाख, २०८१, १९:३१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।