कोशी प्रदेशको ८ औं मुख्यमन्त्री बने हिक्मत कार्की, केदार कार्की सर्वोच्चमा

कोशी प्रदेशको ८ औं मुख्यमन्त्री बने हिक्मत कार्की, केदार कार्की सर्वोच्चमा

काठमाडौं : कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन्। कार्की तेस्रोपटक कोशीको मुख्यमन्त्री बनेका हुन्। उनी प्रदेशको आठौं मुख्यमन्त्री हुन्।

मुख्यमन्त्रीमा बिहीबार दाबी पेस गरेका कार्कीलाई समर्थन गर्ने सांसदको सनाखत पूरा भएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन्। उनलाई बिहीवार साँझसम्म शपथ गराउने कार्यतालिका छ। 

एमाले–माओवादीका ५२  सांसद प्रदेश प्रमुखको कार्यालयमा भेला भई सनाखत गरेका थिए।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न बुधबार आह्वान गरेका थिए। 

यता, कांग्रेसबाट मुख्यमन्त्री बनेका केदार कार्की भने सरकार आह्वान गैरसंवैधानिक तवरले भएको भन्दै रिट दर्ता गर्न सर्वोच्च अदालत पुगेका छन्। 

वैशाख २७, २०८१ बिहीबार १४:४२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।