हज यात्राको लागि साउदी अरेबियाको नियम कडाइ, उल्लंघन गरे लाग्नसक्छ ठूलो जरिवाना

हज यात्राको लागि साउदी अरेबियाको नियम कडाइ, उल्लंघन गरे लाग्नसक्छ ठूलो जरिवाना

काठमाडौं : जुन २ बाट सुरू हुन लागेको हज यात्रालाई लिएर साउदी अरेबियाको आन्तरिक मन्त्रालयले चेतावनी जारी गरेको छ।

मन्त्रालयले हजयात्राका क्रममा तोकेको नियम र निर्देशिका उल्लङ्घन गर्नेलाई १० हजार साउदी रियालको ठूलो जरिवाना गरिने जनाएको छ।

मन्त्रालयका अनुसार अनुमतिविना हज गर्नु गैरकानुनी मानिने र हजयात्रीलाई स्वदेश फिर्ता पठाइनेछ।

नियम उल्लंघन गरेमा निश्चित अवधिका लागि साउदी अरेबिया प्रवेशमा प्रतिबन्ध लगाइनेछ। सुरक्षालाई ध्यानमा राखेर यस्तो कदम चालिएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पवित्र स्थल, मक्का र सुरक्षा नियन्त्रण क्षेत्रमा अनुमतिविना प्रवेशमा रोक लगाउने जनाएको छ।

यो निर्णय जुन २ देखि जुन २० सम्म लागू हुनेछ।

२७ बैशाख, २०८१, १२:५१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।