कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं : कांग्रेस संसदीय दलको बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ।
पूर्वमन्त्री, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बैठक स्थगित गरिएको हो।
गुरुङको बैशाख २५ गते निधन भएको थियो भने आज अन्त्येष्टि गरिँदैछ।
शुक्रबारदेखि सुरू हुने संसद बैठकमा पार्टीको रणनीति तय गर्न कांग्रेसले बिहीबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हालमा बैठक बोलाएको थियो।
कांग्रेस संसदीय दलको कार्यालयका अनुसार अब संसदीय दल कार्यसमितिको बैठक शुक्रबार विहान ८ बजे र संसदीय दलको बैठक ८ः३० बजे तय गरिएको छ।
वैशाख २७, २०८१ बिहीबार १०:५९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।