मातातीर्थमा दिवङ्गत माताको सम्मान (फोटो फिचर)

मातातीर्थमा दिवङ्गत माताको सम्मान (फोटो फिचर)
तस्बिर- नेपाल न्यूज बैंक

काठमाडौं : आज मातातीर्थ औंसी अर्थात् जन्मदिने माताप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्ने दिन।

काठमाडौंको मातातीर्थ मन्दिरमा दिवङ्गत माताको सम्झना गर्दै मनाइँदैछ। जीवित तथा दिवङ्गत दुवै आमाको सम्मान गर्न आजको दिनलाई पुण्यतम दिनको रूपमा मनाउने गरिन्छ।

आमा हुने सन्ततिले आमाको सम्मानमा मीठा-मीठा परिकार, भोजन गराएर उपहार दिई आमाको आशिर्वाद लिने गर्छन्।

आमा गुमाइसकेका सन्ततिले भने दिवंगत आमाको सम्झनामा, पिण्ड दान, तर्पण र श्राद्ध गरी सम्झना गर्ने गर्दछन्।

औंशीका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाको आत्माले तृप्ति पाउने विश्वास छ। यही विश्वास र मान्यताको निरन्तरता स्वरूप आज बिहानैबाट मातातीर्थ मन्दिरमा मेला लागेको छ।

२६ बैशाख, २०८१, १२:३९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।