बोल्नेहरूका लागि रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’ घोषणा, निर्णायकमा दिलभुषणदेखि माल्भिकासम्म

बोल्नेहरूका लागि रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’ घोषणा, निर्णायकमा दिलभुषणदेखि माल्भिकासम्म

काठमाडौं : रियालिटी शोको बाढी आइरहेको बेला अर्को रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’ थपिने भएको छ।

बोल्ने र बोल्न चाहने प्रतिभाहरूलाई स्थान दिनका लागि भनेर मंगलबार शोको औपचारिक घोषणा गर्दै डिजिटल अडिसन समेत खुलाइयो।

शोमा सहभागी हुन डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन दिन सकिने शोका निर्देशक अमनप्रताप अधिकारीले जानकारी दिए।

सहभागी हुनका लागि दाम्मी म्यूजिक एप वा daamimedia.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो पठाउनु पर्नेछ।

साथै ‘द स्पिकिङ्ग टाइटन’को आधिकारिक फेसबुक पेज र आधिकारिक ह्वाट्सएप ९८४३९५०३८२ मार्फत कुनै टपिकमा तीन मिनेट बोलेको भिडियो पठाएर सहभागी हुन सक्नेछन्।

प्रतियोगितामा विश्वभरका १५ वर्ष उमेर पूरा भएका नेपाली भाषीले सहभागी हुन पाउनेछन्। शोको निर्णायकमा पत्रकार दिलभूषण पाठक, पूर्व मिस नेपाल माल्भिका सुब्बा र रञ्जित आचार्य रहनेछन्।

प्राइम टेलिभिजनमा जेठ अन्तिम साताबाट प्रसारण हुने शोको विजेताले पाँच लाख, विश्व भ्रमण र विभिन्न ब्रान्डसँग जोडिने मौका पाउने निर्देशक अधिकारीले बताए।

२६ बैशाख, २०८१, ११:२१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।