चट्याङ लागेर म्यानमारमा एकै वर्षमा ७३ जनाको मृत्यु*

एजेन्सी : म्यानमारमा चट्याङ लागेर एकैवर्ष ७३ जनाको मृत्यु भएको छ।
म्यानमारको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मंगलबार आर्थिक वर्ष २०२३/२४ मा म्यानमारमा चट्याङबाट ७३ जनाको मृत्यु भएको जनाएको छ।
आर्थिक वर्षभरि अप्रिल–मार्चसम्म म्यान्माले देशभर ६७ वटा चट्याङको अनुभव गरेको छ। चट्याङबाट २७ जना घाइते समेत भएका छन्।
म्यानमारको विपद् व्यवस्थापन विभागले चट्याङबाट हुने मृत्युको संख्या कम गर्न यसको सुरक्षाकाबारेमा चेतना जगाउँदै गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
*हेडलाइन परिवर्तन गरिएको।
वैशाख २५, २०८१ मंगलबार १६:१३:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।