‘परदेशी २’ कुर्दै वर्षा शिवाकोटी

‘परदेशी २’ कुर्दै वर्षा शिवाकोटी

काठमाडौं : लकडाउन हुनुभन्दा २ दिन अघिबाट छायांकन रोकिएको चलचित्र‘परदेशी २’को बाकी छायांकन अनिश्चित भएको छ।

५० प्रतिशत छायांकन भएको यस चलचित्रको बाँकी काम हुन सकेको छैन। 

दसैं अगावै चलचित्र छायांकनमा जाने भन्दै वर्कसप समेत थालेको ‘परदेशी  २’को फ्दोरमा जाने अझै निश्चित छैन । चलचित्रका निर्देशक नारायण रायमाझीले विविध कारणले गर्दा भनिएको समयमा छायांकनमा जान नसकिएको बताए।

कहिलेबाट चलचित्र छायांकनमा जाने टुङ्गो छैन। अहिले कलाकार तथा प्राविधि छिन्न भिन्न हुनुभएको छ। केहि दिनमा यसबारेमा हामी छलफल गर्दैछौँ,’ नारायणले भने।

चलचित्रको छायांकन कहिलेबाट गर्ने हो भन्ने कुरामा निर्माणपक्ष नै अझै अन्योलमा रहेको छ। चलचित्र मुख्य अभिनेत्री बर्षा सिवाकोटी अमेरिका गएपछि थप अन्योलता छाएको हो। तर, निर्देशक रायमाझी अभिनेत्री कै कारण चलचित्र रोकिएको कुरा स्वीकार गर्दैनन्।

अभिनेत्री कै कारण फिल्म फ्लोरमा जान नरोकिएको उनको भनाई छ। उनले भने, ‘उनले आफ्नो काम गरेर आएपछि नै फिल्मको छायांकनमा गइन्छ होला। अहिले चलचित्रको छायांकनमा जाने कुनै तयारी भएको छैन।’
 
चलचित्रमा केकी अधिकारी, वर्षा सिवाकोटी, दीलिप रायमाझी, प्रशान्त तामाङ,प्रकाश सपुत , देवेन्द्र बब्लुलगायतको अभिनय रहनेछ। यहि फिल्मबाट प्रकाश सपुतले फिल्ममा डेब्यु गर्दैछन्। 

कात्तिक २६, २०७७ बुधबार १६:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।