ईपीएलमा चेल्सी, ब्रिङ्टन र लिभरपुल विजयी

ईपीएलमा चेल्सी, ब्रिङ्टन र लिभरपुल विजयी

काठमाडौं : इंग्लिस प्रिमियर लिग (ईपीएल)को गएराति भएको खेलमा चेल्सी, ब्रिङ्टन र लिभरपुल विजयी भएका छन्।

चेल्सीले वेस्ट ह्याम युनाइटेडलाई ५-० ले स्तब्ध पार्दा ब्रिङ्टनले एस्टन भिल्लालाई १-० र लिभरपुलले टोटनहमलाई ४-२ गोल अन्तरले पराजित गर्यो।

चेल्सीको घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि निकोलस ज्याकसनले दुई गोल गर्दा कोल पालमर, कोनोर गल्लाघेर र नोनी माड्युकले समान एक-एक गोल गरे।

लिभरपुलका लागि भने मोहम्मद सलाह, एन्ड्रु, कोडी गाक्पो, हार्भी इलिओटले समान एक-एक गोल गर्दा टोटनहमले रिचार्लिसन र सन हेउङ मिनले एक-एक गोल गरे।

यस्तै ब्रिङ्टनका लागि जाओ पेड्रोले एक मात्र निर्णायक गोल गरे।

योसँगै लिभरपुल तेस्रो, एस्टन भिल्ला चौथो,  टोटनहम पाँचौं, चेल्सी सातौं, वेस्ट ह्याम नवौं स्थानमा छ।

२४ बैशाख, २०८१, ०७:३४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।