हमासको रकेट आक्रमणमा तीन सैनिकको मृत्यु भएको इजरालको दाबी

हमासको रकेट आक्रमणमा तीन सैनिकको मृत्यु भएको इजरालको दाबी

एजेन्सी : केरेम शालोम पोस्टमा भएको रकेट आक्रमणमा तीन इजरायली सैनिकको मृत्यु भएको इजराइली दाबी छ। अन्य धेरै सैनिक घाइते भएका छन्।

केरेम शालोम पोस्टमा प्रहार गरेको रकेट हमासले प्रहार गरेको इजरायलले आरोप लगाएको छ। यो घटनापछि इजरायलले केरेम शालोम पोस्ट बन्द गरेको छ।

केरोम शालोम चेकपोइन्ट गाजामा मानवीय सहायता पुर्याउने केही मार्गहरू मध्ये एक हो। कायरोमा युद्धविराम सम्बन्धी जारी वार्ता पनि सकिएको छ। दुई दिनसम्म चलेको वार्तामा पनि सहमति हुन सकेन।

हमासले ‘आइतबार वार्ता सकिएको’ जनाएको छ। उसले अब आफ्नो प्रतिनिधिमण्डल कायरोबाट शीर्ष नेतृत्वसँग कुरा गर्न कतार जाने उल्लेख गरेका छन्।

वार्तामा संलग्न सीआईए प्रमुख विलियम बर्न्स इजिप्टको राजधानी दोहाबाट प्रस्थान गरेका छन्।

इजरायलले इजरायली बन्धकहरूलाई रिहा गर्ने बदलामा ४० दिनको युद्धविरामको प्रस्ताव गरेको थियो। तर, हमासले स्थायी युद्धविरामको माग गर्दै आएको छ।

गाजामा इजरायली आक्रमण अक्टोबर ७ मा सुरु भएको थियो।

२४ बैशाख, २०८१, ०७:२२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।