७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं : भोजपुरमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा षडानन्द नगरपालिका–१, खोवाचाका ३० वर्षीय अमृत मंग्राती छन्।
उनले ७ वर्षीया एक बालिका बलात्कारलाई गरेको आरोप छ।
यही वैशाख ११ गते दिउँसो ती बालिकाको बलात्कार गरिएको भन्ने उजुरी परेको थियो। उजुरीपछि मंग्रातीलाई शनिबार बिहान नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
वैशाख २३, २०८१ आइतबार १३:३८:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।