भिजेको ‘किच किच गर्ने बानी तिम्रो’

भिजेको ‘किच किच गर्ने बानी तिम्रो’

काठमाडौं : गायक विजय घिमिरे (भि जे) र जे अथरको स्वरमा ‘किच किच’को भिडियो सार्वजनिक भएको छ। भिजे म्युजिक युट्युब च्यानलमार्फत गीतको भिडियो रिलिज भएको हो। 

आरएनबि शैलीको यस गीतलाई भिजे, जे अथर र युबेनब्लाकले संयुक्त  रुपमा लेखेका हुन् भने गीतको बिट जे अथरले बनाएका छन्। 

युकेमा बसोबास गर्दै आएका भिजेले उतै गीतको भिडियो निर्माण गरेका छन्।

उनको गीत र भिडियोमा केही फरक शैलीको देख्न सकिन्छ। 

यसअघि गायक भिजेले बेहुली ,आइ लब यु ,तिम्रो मेरो माया’ लगायत गीत स्रोतामाझ ल्याएका थिए। 

२३ बैशाख, २०८१, १२:२९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।