युद्धविरामको वार्तामा सहभागी हुन हमासको प्रतिनिधिमण्डल कायरो जाने पक्का

युद्धविरामको वार्तामा सहभागी हुन हमासको प्रतिनिधिमण्डल कायरो जाने पक्का

एजेन्सी : गाजामा युद्धविरामको वार्ता पुनः सुरु गर्न आफ्नो प्रतिनिधिमण्डल शनिबार कायरो जाने हमासले पुष्टि गरेको छ।

इजरायलले ४० दिने युद्धविराम र बन्धकहरूको रिहाइको बदलामा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने प्रस्ताव गरेको छ।

विदेशी मध्यस्थकर्ताहरू इजरायलको प्रस्तावमा हमासको प्रतिक्रिया पर्खिरहेका छन्।

इजरायलले हमासलाई प्रस्ताव स्वीकार गर्न एक साताको समय दिएको अमेरिकी सञ्चारमाध्यमहरूको दाबी छ।

यो प्रस्ताव स्वीकार नगरे गाजाको दक्षिणमा रहेको रफाह शहरमा आक्रमण गर्ने इजरायलले जनाएको छ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले हमासलाई हराउन रफाहमा आक्रमण गर्नु आवश्यक भएको दाबी गरेका छन्।

तर, इजरायलले रफाहमा आक्रमण गरे लाखौं प्यालेस्टाइनीको ज्यान खतरामा पर्न सक्ने डर छ।

२२ बैशाख, २०८१, ११:२१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।