भिरबाट लडेर धादिङमा एक वृद्धाको मृत्यु

भिरबाट लडेर धादिङमा एक वृद्धाको मृत्यु

काठमाडौं : धादिङको नेत्रावतीमा डवजोङ गाउँपालिका-१ पहरेकुनामा एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ।

मृत्यु हुनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ की ६१ वर्षीया सावित्री अधिकारी रहेकी छन्।

शुक्रबार विहान साढे ८ बजे अचानेटारबाट रातोमाटेतर्फ जाने क्रममा पहरेकुनामा रहेको पहरे भिरबाट लडेर उनको मृत्यु भएको प्रहरी चौकी मार्पाकले जनाएको छ।

प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।

२२ बैशाख, २०८१, १०:०१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।